मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा
काठमाडौं। राजधानी ल्याउनका लागि मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा पुगेको छ । वर्षाका कारण अवरुद्ध रहेको मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु भइरहेको छ ।
अहिले खोलालाई डाइभर्ट गरेर गेटहरु खोल्ने तयारी भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘उपत्याकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले खोलाहरु डाइभर्ट गरेर गेटहरु खोल्ने काम भइरहेको छ ।’’
गेटहरु खोलिसकेपछि सरसफाइ गरेर मात्र पानी टनेलमा हालिने इन्जिनियर कुँवरले बताउनुभयो । टनेलमा पानी पठाएको करिब १४ दिनपछि मात्र टनेल भरिनेछ र पानी काठमाडौं पठाइने उहाँको भनाइ छ ।
यसकारण उपत्यकामा मेलम्चीको पानी आउन अझै एक महिना लाग्ने देखिएको उहाँ बताउनुहुन्छ । कुँवरले भन्नुभयो, ‘‘गेटहरु खोलेर केही फोहोर भए सफा गरेर टनेलमा पानी पठाउँछौँ...