पाँचमध्ये चार पूर्वप्रधानमन्त्री चुनावमा विजयी
काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितको लागि सङ्घर्ष गर्दै हुनुहुन्छ ।
डडेल्धुरा –१ बाट देउवा निर्वाचित २०४८ सालपछि लगातार चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभयाे । देउवा १२ हजार ४९२ को फराकिलो मतान्तरले विजयी हुनुभएको हो ।
उहाँले २५ हजार ५३४ मत ल्याउदा प्रतिद्वन्द्वी स्वतन्त्र उठेका सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । उहाँ डडेल्धुराबाट लगातार चुनाव जितेर ५ पटकसम्म प्रधानमन्त्री बन्नुभयो । उहाँ २०५२, २०५८, २०६१, २०७४ र २०७८ साल गरेर पाँच पटक प्रधानमन्त्री बन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा...