Wednesday, May 15


Test

आज राति १२ बजेदेखि ‘स्थिर समय’सुरु हुँदै, के गर्न पाइँदैन ?
Test, राजनिती र एंन, समाचार, समाज

आज राति १२ बजेदेखि ‘स्थिर समय’सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रि...
निर्वाचनको दिन मौसम सफा रहने
Test, समाचार, समाज

निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौं ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम बदली आज मात्रै हो निर्वाचनका दिन मौसम सफा रहने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली भेगका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।” ...
कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था
Test, राजनिती र एंन, समाचार

कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

कपिलवस्तु।  कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार हुनुहुन्छ । खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ । एमालेले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा कांग्रेस ठूलो पार्टी हो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार दुई सय ७१ मत पाएको छ । तर गठबन्धनले माओवादी केन्द्रका केन्द्रीय सचिव खनाललाई उम्मेदवार बनाएको छ । विसं २०७४ मा तत्कालीन वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित खनाल सत्ता गठबन्धनबाट पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । त्यो चुनावमा ख...