समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।
निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेकाे रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएकाे छ ।
समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख २१ हजार२२१ मत पाएको आयोगले जनाएको छ ।
दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा चार लाख ८६ हजार ९१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार १०५ म...










