यी हुन् प्रतिनिधि सभातर्फ विजयी माओवादीका १२ उम्मेदवार
काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो ताजा मतपरिणामअनुसार माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन बनाएर गए पनि माओवादी केन्द्रले अपेक्षाकृत परिणाम भने हात पार्न सकेको छैन ।
हालसम्मको मत परिणाम हेर्दा माओवादी तेस्रो दलको हैसियतमा देखिन्छ । देशभर ४० भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रले कतिपय स्थानमा हार व्यहोरेको छ भने झण्डै आधा दर्जन निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।
हालसम्म १२ जना उम्मेदवारले भने विजय प्राप्त गरिसकेका छन् । जित निकाल्नेमा अध्यक्ष प्रचण्डलगायत छन् । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित भएका छन् ।
अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट जित हासिल गर...










