Thursday, April 23


राजनिती र एंन

उपत्यकाबाट प्रदेश सभामा माओवादी शून्य
राजनिती र एंन, समाचार

उपत्यकाबाट प्रदेश सभामा माओवादी शून्य

काठमाडौँ । उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । उनीहरू सबै पराजित भए । भक्तपुरको प्रदेश सभाका चार क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । ललितपुर क्षेत्र नं. १ (क)मा माओवादीका उम्मेदवार पराजित भए भने (ख)मा उम्मेदवारी थिएन । काठमाडौँ क्षेत्र नं. ३ (क)मा माओवादीको उम्मेदवारी थियो तर पराजित भए । काठमाडौँ क्षेत्र नं. ६ को (क) र (ख)मा उम्मेदवारी भए पनि पराजित भए । काठमाडौँ क्षेत्र नं. १० (क) र (ख)मा उम्मेदवारी थियो तर पराजित भए । माओवादी केन्द्रका सचिव गणेश साहले पार्टीको आन्तरिक तथा सङ्गठनात्मक कमजोरी, गठबन्धनको असहयोग र पुराना पार्टीप्रतिको असन्तुष्टि नयाँ र स्वतन्त्रप्रतिको आकर्षणले गर्दा माओवादी केन्द्र उपत्यकामा शून्य भएको बताउन...
खर्च विवरण नबुझाए पद जाने
राजनिती र एंन, समाचार

खर्च विवरण नबुझाए पद जाने

काठमाडौँ । आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ। त्यो भनेको निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेको छ। जसमा भनिएको छ, ‘निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समय सीमाभित्र जरिवानासमेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ।’ निर्वाचित जनप्रतिनिधिहरू पनि ऐनको यो व्यवस्थाबारे अनभिज्ञ नहोलान् तर त्यसको पालनामा भने अधिकांश निर्वाचित जनप्रतिनिधि चुक्ने गरेका छन्।  स्थानीय तहमा उम्मेदवार रहेका जनप्रतिनिधिका आकाङ्क्षी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि उम्मेदवार रहे। तीमध्ये अधिकांशले स्थानीय तहमा उम्मेदवार हुँदाको खर्च विवरण समयमा नबुझाएका कारण उम्मे...
उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव
राजनिती र एंन, समाचार

उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव

काठमाडौँ। जनआन्दोलन २०४६ पछिका निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्ट पार्टीले आफ्नो प्रभाव बढाए पनि आम निर्वाचन २०७९ को अन्तिम मत परिणामले कमजोर देखाएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७४ को निर्वाचनमा कुनै न कुनै कम्युनिस्ट पार्टीले निर्वाचनमा बलियो प्रभाव देखाए पनि यो निर्वाचनमा कुनै पनि कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकामा प्रभाव देखाउन सकेनन् ।  २०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नेकपा (एमाले) स्थानविहीन बने पनि माओवादी केन्द्र पहिलो दल बन्यो । २०७० सालमा एमालेले आफूलाई सुधा-यो । २०६४ सालको संविधान सभा निर्वाचनमा पहिलो दल बनेको नेकपा (माओवादी केन्द्र) २०७० मा आइपुग्दा उपत्यकामा आफ्नो अस्तित्व जोगाउन सकेन । पहिलो संविधान सभा निर्वाचनमा देशभर प्रत्यक्षमै १२० स्थान जितेको माओवादीले उपत्यकाका १५ क्षेत्रमध्ये सात क्षेत्रमा विजयी हासिल गरेको थियो । ...
विकल्प खोज्दा नयाँ अनुहार: जनमुखी काम कार्यान्वयनमा चुनौती
राजनिती र एंन, समाचार

विकल्प खोज्दा नयाँ अनुहार: जनमुखी काम कार्यान्वयनमा चुनौती

काठमाडौं। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न निर्वाचन क्षेत्रमा पुराना एवम् अनुभवी उम्मेदवारलाई पाखा लगाउँदै नयाँ अनुहार मतदाताको रोजाइमा पर्न सफल भए । निर्वाचनमा प्राप्त फरक खाले नतिजाको विभिन्न कोणबाट विश्लेषण भएको छ । विकल्प खोज्नु सकारात्मक – बराल राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बराल यसरी नयाँ अनुहार जितेर आउनुका पछाडि मतदाताले विकल्प खोजेको बताउनुहुन्छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सबैले बुझिसके र भनी पनि रहेका छन् । मुख्य पार्टीसँगको निराशा, आक्रोश त्यसको परिणाम त्यो हो । मान्छेले विकल्प खोज्छ नि त”, नेतृत्वमा पुरानै व्यक्ति पटक–पटक जाने र यथास्थितिमा देश सञ्चालन भइरहेको भान आम मतदातामा भएको उहाँको भनाइ छ । यही व्यवस्थाभित्र विकल्प खोज्नु स...
पाँचमध्ये चार पूर्वप्रधानमन्त्री चुनावमा विजयी
Test2, राजनिती र एंन, समाचार

पाँचमध्ये चार पूर्वप्रधानमन्त्री चुनावमा विजयी

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितको लागि सङ्घर्ष गर्दै हुनुहुन्छ । डडेल्धुरा –१ बाट देउवा निर्वाचित २०४८ सालपछि लगातार चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभयाे । देउवा १२ हजार ४९२ को फराकिलो मतान्तरले विजयी हुनुभएको हो । उहाँले २५ हजार ५३४ मत ल्याउदा प्रतिद्वन्द्वी स्वतन्त्र उठेका सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । उहाँ डडेल्धुराबाट लगातार चुनाव जितेर ५ पटकसम्म प्रधानमन्त्री बन्नुभयो । उहाँ २०५२, २०५८, २०६१, २०७४ र २०७८ साल गरेर पाँच पटक प्रधानमन्त्री बन्नुभएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा...
कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व
राजनिती र एंन, समाचार

कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व

सुर्खेत। कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहनुभएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का छक्कबहादुर लामालाई हराउनुभएको हो । उहाँ यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट रहनुभएको छ । एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित हुनुभएको छ । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ...
कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
राजनिती र एंन, समाचार

कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

कर्णाली। कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित हुनुभएको हो । उहाँले हुम्ला प्रदेश(१) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । उहाँले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट उहाँले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् । नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् । साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को (२)मा मनकली रामजाली, क्षेत्र नं २ को (१)मा बिजुकला राना र दैलेख क्षेत्र न...
१५८ स्थानको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ कति जिते ?
राजनिती र एंन, समाचार

१५८ स्थानको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ कति जिते ?

काठमाडौं।१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५८स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। हेर्नुहोस् कसले कहाँ जिते? नेपाली कांग्रेस (१) मुस्ताङ – योगेश शेरचन (२) मनाङ – टेकबहादुर गुरुङ (३) काठमाडौं १ – प्रकाशम...
मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक
राजनिती र एंन, समाचार

मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा एमाले उम्मेदवार अगाडि छन् । वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा...
समानुपातिकतर्फ ९३ लाख मत गनियो
राजनिती र एंन, समाचार

समानुपातिकतर्फ ९३ लाख मत गनियो

काठमाडौं।प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा(माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनम...