Saturday, April 25


राजनिती र एंन

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’
राजनिती र एंन, समाचार

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’

काठमाडौं । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा हुनसक्छ। नयाँ निर्वाचित सांसदहरूले संसद् भवन प्रदेश गर्न कम्तीमा पुस महिनासम्म पर्खनुपर्ने हुनसक्छ। निर्वाचन आयोगका अधिकारीहरूका अनुसार पुस महिनायता नयाँ प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बन्ने अवस्था छैन। “समानुपातिकतर्फको अन्तिम परिणाम आएपछि प्रतिवेदन तयार गर्न थप १० दिन लाग्न सक्छ,” निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने। उनका अनुसार समानुपातिक तर्फको मतगणना सक्न अझै “एक दुई-दिन” लाग्न सक्छ। किन ढिलो हुनसक्छ?देशभरिका १६५ निर्वाचन क्षेत्रबाट चुनिने उम्मेदवारहरू लगभग निश्चित भइसकेका छन्। तर यसरी चुनिएका सांसदहरू प्रतिनिधिसभाको ६० प्रतिशत सदस्य मात्रै हुन्। बाँकी ४० प्रतिशत सां...
देशभर १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित, को-को पुगे संसद ?
राजनिती र एंन, समाचार

देशभर १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित, को-को पुगे संसद ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । देशभरबाट प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १२ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् । यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् । यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हु...
प्रदेशसभातर्फ कांग्रेस १११ स्थानसहित पहिलो, कुनले कति जिते ?
राजनिती र एंन, समाचार

प्रदेशसभातर्फ कांग्रेस १११ स्थानसहित पहिलो, कुनले कति जिते ?

काठमाडाैं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक ...
एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?
राजनिती र एंन, समाचार

एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा नेकपा एमाले दोस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । एमाले १- प्रेमबहादुर महर्जन (ललितपुर-२)२- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)३- डम्बरबहादुर रायमाझी (उदयपुर-...
माओवादी केन्द्रबाट प्रत्यक्षमा विजयी १८ सांसद को को छन् ?
राजनिती र एंन, समाचार

माओवादी केन्द्रबाट प्रत्यक्षमा विजयी १८ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा नेकपा माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । माओवादी केन्द्र १- लेखनाथ दाहाल (सिन्धुली-२)२- पूर्णबहादुर घर्ति मगर (रुकुमपुर्व-१)३- देवेन्द्...
समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट
राजनिती र एंन, समाचार

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् । सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् । यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा...
पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गङ्गा कार्की
राजनिती र एंन, समाचार

पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गङ्गा कार्की

काठमाडौँ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका थिए । पार्टीमा उहाँ ‘विश्व’ उपनामले परिचित छन् । उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गरेका थिए भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि भए...
सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन सहमत !
राजनिती र एंन

सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन सहमत !

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, उनले लेखेका छन्, ...
प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित
राजनिती र एंन

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन्। प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गर्नुभएको छ। मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले एक सय ६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्नुभएको छ। बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्र...
यी हुन् माओवादीका प्रतिनिधि सभाका १७ सांसद
राजनिती र एंन, समाचार

यी हुन् माओवादीका प्रतिनिधि सभाका १७ सांसद

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले हालसम्म १७ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ ।  सत्ता गठबन्धनसँग सहकार्य गरेको माओवादीले प्रत्यक्षतर्फ १६५ मध्ये ४४ क्षेत्रमा उम्मेदवार उठाएको थियो । माओवादीले उम्मेदवारी दिएकोमध्ये १७ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने २६ क्षेत्रमा पराजित भएको छ।  सुदूरपश्चिम प्रदेशमा एउटा पनि स्थान सुरक्षित गर्न नसकेको माओवादीले मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ एउटा क्षेत्र जितेको छ।  गण्डकी प्रदेशमा दुई क्षेत्रमा माओवादी विजयी भएको छ। लुम्बिनी र प्रदेश १ मा तीन–तीन क्षेत्र जितेको माओवादीले बागमती र कर्णाली प्रदेशमा चार–चार क्षेत्र जितेको छ । सो पार्टीले कुल ४४ उम्मेदवारमध्ये आठजना महिला उठाएकोमा एकजनाको मात्र जित भएको छ । दोलखामा बिहीबार (मङ्सिर १५) पुनः मतदान भएको छ...