Thursday, April 23


राजनिती र एंन

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई मत’
राजनिती र एंन, समाचार, समाज

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई मत’

महेन्द्रनगर।कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिनुभयो । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुग्नु भएका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आउनुभएको बताउनुभयो । “गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ”, वृद्ध सिंहले भन्नुभयो, “जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन् ।” उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिनुभयो । “चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ”, उहाँले भन्नुभयो, “देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन् ।” उहाँले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको बताउनुभयो । त्यसैगरी भारत देहरा...
डडेलधुरा: देउवाको सातौँ पटकको संसद् यात्रा कति सहज ?
घुमफिर, राजनिती र एंन, समाचार

डडेलधुरा: देउवाको सातौँ पटकको संसद् यात्रा कति सहज ?

डडेलधुरा ।डडेलधुराको चुनावी मैदानमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास असफल भएपछि देउवा यसपटक पनि विकल्पहीन उम्मेदवारका रूपमा देखिएका छन् । कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट उम्मेदवार बनेका कर्ण मल्ललाई एमालेले समर्थन दिएन । एमाले अध्यक्ष केपी ओलीको निर्देशन र आग्रहलाई पनि जिल्ला तहका नेता–कार्यकर्ताले नमानेपछि मल्ल एक्लिएका छन् । मल्ललाई एकीकृत समाजवादीवाट विद्रोह गरेर प्रदेशमा स्वतन्त्र उम्मेदवार बनेका तारा जोशीको सहयोग छ । अर्कोतिर गुल्मीबाट देउवाविरुद्ध चुनाव लड्न आएका सागर ढकालले पनि जिल्ला स्तरमा युवाहरूको साथ सहयोग नपाएपछि उनी पनि एक्लै चुनावी मैदानमा छन् । देउवाविरुद्ध मोर्चावन्दी गर्ने विपक्षी उम्मेदवारहरूको अन्तिम प्रयास पनि विफल भएपछि देउवालाई जित हात पार्न निकै सहज भएको छ । एमालेले आफ्ना उम्मेदवार चक्र स्नेहीको उम्मेदवारी फिर्ता लिए पनि एमालेका पुरान...
दाङमा ‘हेभिवेट’ पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार
राजनिती र एंन, समाचार

दाङमा ‘हेभिवेट’ पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङ। दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र उहाँको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा हुनुहुन्छ । दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मेटमणि सहरी विकासमन्त्रीसमेत हुनुहुन्छ । उहाँ दोस्रो पटक निर्वाचन लड्दै हुनुहुन्छ । यसअघि २०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उहाँ विजयी हुनुभएको थियो । विसं २०६४ मा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि...
सप्तरी २ मा दुई पार्टी अध्यक्षबीच प्रतिस्पर्धा
राजनिती र एंन

सप्तरी २ मा दुई पार्टी अध्यक्षबीच प्रतिस्पर्धा

सप्तरी। सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो ।  यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा. राउत र ठाकुरबीच रोचक प्रतिपस्र्धा हुने अनुमान गरिएको छ ।   प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आ–आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त हुनुहुन्छ । गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जितला...
सार्वजनिक सेवा घर-घरमा पुर्‍याउने यस्तो छ माओवादीको योजना
राजनिती र एंन, विकास, समाचार, समाज

सार्वजनिक सेवा घर-घरमा पुर्‍याउने यस्तो छ माओवादीको योजना

काठमाडौं । माओवादी केन्द्रले देशमा सुशासन कायम गरि देशलाई अग्रगमनको बाटोमा अघि बढाउन आफ्नो १४ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा माओवादीले देशमा  सुशासनको अवस्था कमजोर रहेको अहिलेसम्म प्राप्त विभिन्न तथ्यबाट स्पष्ट भएको ठहर गरेको छ ।  माओवादीले ‘भ्रष्टाचार, ढिलासुस्ती, बेरुजु, सामाजिक विभेद र हिंसा, व्यक्ति प्रधानता, जवाफदेहीता र उत्तरदायित्वको कमी आदि सुशासन कमजोर हुँदाका फल’भएको भनेको छ । सुशासनका निम्ति समाजवादी वैचारिकीको जगमा नीतिगत एवम् प्रणालीगत पुनर्संरचना, राजनीतिक सङ्कल्प, संस्थागत पुनर्गठन र प्रविधिको विकास एवम् प्रयोग हुनुपर्ने भन्दै माओवादीले प्रक्रियाउन्मुख नीति–प्रणाली, नेपालको सामाजिक बनोट र राजनीतिक सङ्कल्पको कमी भ्रष्टाचारका मुख्य स्रोतको रूपमारहेको बताएको छ । ...
लमजुङको चुनावी विश्लेषण – देवलाई ढुक्क, पृथ्वीसुब्बा कमजोर
घुमफिर, राजनिती र एंन, समाचार

लमजुङको चुनावी विश्लेषण – देवलाई ढुक्क, पृथ्वीसुब्बा कमजोर

काठमाडौं । वाम-लोकतान्त्रिक गठबन्धनबाट लमजुङका प्रतिनिधि सभा उमेदवार देवप्रसाद गुरुङ समकालीन राष्ट्रिय ब्यक्तित्व हुन्। उनी माओवादी केन्द्रका महासचिव हुन्। उनका प्रतिस्पर्धी पृथ्वी सुब्बा गुरुङ भने एमालेका उपमहासचिव हुन्। संयोग कस्तो छ भने उनै पृथ्वीको समर्थनमा ०७४ मा लमजुङबाट जितेका देवप्रसाद पृथ्वीको आफै संघीय चुनाव लड्ने अनिच्छाका बाबजुद अहिले चुनावी आमने–सामनेमा छन्। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी प्रदेश सभामा एमालेले बहुमत ल्याए पनि, नल्याए पनि लमजुङको प्रदेश तहबाटै उमेदवार हुन चाहन्थे। भोलिको समीकरणले आफूलाई फेरि मुख्यमन्त्रीमा अनुमोदन गर्ने बिश्वास उनमा थियो। प्रदेशमा पृथ्वी जित्थे कि हार्थे, जितेमा उनी नै मुख्यमन्त्री बन्ने ‘पोजिसन’ एमालेको आउँथ्यो कि आउँदैनथ्यो वा बहुमत नआए पनि समीकरणमा उनी नै हावी हुन्थे कि हुदैनथे– ती पृथ्वीकै सोचका कुरा हुन्। तर, पृथ्वीका त...
आज गठबन्धनको काठमाडौंमा चुनावी सभा, प्रचण्डदेखि गगन थापाले सम्बोधन गर्ने
राजनिती र एंन, समाचार

आज गठबन्धनको काठमाडौंमा चुनावी सभा, प्रचण्डदेखि गगन थापाले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् । काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्...
अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा
राजनिती र एंन, विकास, समाचार

अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा

भरतपुर। प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरुआती चरणबाटै चर्चामा रह्यो । विशेष गरेर २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि यो क्षेत्र सधैँ चर्चामा रह्यो । यसपटक पनि दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने बताउनुभएको थियो तर अन्तिम समयमा गोरखा गएपछि यो क्षेत्रमा माओवादीको तर्फबाट चिकित्सक पेशा छाडेर डा भोजराज अधिकारी निर्वाचनमा होमिनुभएको छ । सधँै अस्पतालमा बिरामी जाँच्दै गरेका भेटिने डा अधिकारी बुधबार चुनावी अभियानको क्रममा घरदैलोमै बिरामीको चेकजाँच गर्दै गरेको भेटिनुभयो । प्रचार प्रसारको अवधि सकिनै लाग्दा डा अधिकारीको दौडधुप झनै बढ...
आज राति १२ बजेदेखि ‘स्थिर समय’सुरु हुँदै, के गर्न पाइँदैन ?
Test, राजनिती र एंन, समाचार, समाज

आज राति १२ बजेदेखि ‘स्थिर समय’सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रि...
कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था
Test, राजनिती र एंन, समाचार

कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

कपिलवस्तु।  कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार हुनुहुन्छ । खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ । एमालेले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा कांग्रेस ठूलो पार्टी हो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार दुई सय ७१ मत पाएको छ । तर गठबन्धनले माओवादी केन्द्रका केन्द्रीय सचिव खनाललाई उम्मेदवार बनाएको छ । विसं २०७४ मा तत्कालीन वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित खनाल सत्ता गठबन्धनबाट पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । त्यो चुनावमा ख...