Saturday, July 13


थप ७५ जना कोरोना संक्रमण मुक्त, एक सय ३० संक्रमित


काठमाडौं ।
 आज थप ७५ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट ७५ जना संक्रमण मुक्त भएसगै संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १३ हजार एक सय २८ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ७० दशमलव ५ प्रतिशत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभरी संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० जना रहेका छन् ।

संक्रिय संक्रमितहरु प्रदेश नं. १ मा एक सय ८६ जना, प्रदेश नं. २ मा एक हजार ८ सय ७३ जना, वाग्मती प्रदेशमा ४ सय ४४ जना, गण्डकी प्रदेशमा दुई सय ९४ जना, प्रदेश नं. ५ मा तीन सय ५८ जना, कर्णाली प्रदेशमा तीन सय ६७ जना र सुुदुरपश्चिम प्रदेशमा एक हजार ९ सय १८जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज १७ हजार ९ सय तीन जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.