घुमफिर, पहिचान, राजनिती र एंन, विकास, विचार, विज्ञान र प्रविधि, समाचार, समाज, सस्ंकृति, स्वास्थ र वातावरण
तनहुँको भानुमा पहिरोले पुरिदा एकै परिवारका २ जनाको मृत्यु
तनहुँ । तनहुँको भानुमा सोमबार परेको अविरल वर्षाका कारण पहिरो गएको छ । जिल्लाको भानु–९ सिमलगैह्रामा सोमबार दिउँसो करिब २ बजेतिर गएको पहिरोका कारण स्थानीय महेन्द्र धौलारीको घर पुरिएको छ । यस्तै नजिकैको अर्को मान्छे नबस्ने एक घर र धन्सारमा समेत क्षति पुगेको छ ।
घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका २ जनाकै मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका महेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा १७ वर्षीया शिताष्मा धौलारी र ८० वर्षीया तिलमाया धौलारी रहेका छन ।
जीवितै उद्धार गरिएको शिताष्माको उपचारका लागी लैजादा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उनको हजुरआमा तिलमायाको भने पहिरोले पुरिएर मृत अवस्था शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाको उद्धार गरिएको थियो । गम्भीर अवस्थामा उद्धार गरिएको शितास्माला...