Wednesday, February 25


Blog

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने
राजनिती र एंन, समाचार, समाज

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने

मकवानपुर । बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ । काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले राससलाई जानकारी दिनुभयो । ...
पर्सामा भेटियो १५ हजार थान नक्कली मतपत्र
समाचार

पर्सामा भेटियो १५ हजार थान नक्कली मतपत्र

१५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए। भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्। भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए। उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। ‘के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘निर्णय भइसकेको छैन।’ पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्। यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। ...
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
समाचार

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं। ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ । आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो । ...
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
समाचार

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

३० कात्तिक, काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १(० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । पछिल्लो समय नेपालका गोल स्कोररको रुपमा देखा पर्दै आएका अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् । नेपाली समर्थकले खचाखच भरिएको रंगशलामा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् । ३८ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्ने अवसर पाएपनि स...
अबको तीज ‘एस’ व्रत प्लिज
पहिचान

अबको तीज ‘एस’ व्रत प्लिज

गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीत लोकार्पण गरेसँगै नेपाली सांस्कृतिक आकाश एकपल्ट फेरि तातेको छ । व्रत र उपवासलाई रुढीवादको जिजीविषा देख्ने कथित क्रान्तिकारीहरू यस गीतलाई रूढीवादविरूद्धको ‘जिहाद’ मान्छन् । सनातन धर्म संस्कार र संस्कृतिका पक्षधरहरू यस गीतलाई सांस्कृतिक अतिक्रमणको नयाँ प्रारूप मान्छन् । गीतको उद्देश्य र आशय जे भए पनि सन्देशमा भन्न खोजिएको कुरा भने व्रत गरेर शरीर नबिगार र आफूलाई रोगी नबनाउ भन्ने देखिन्छ, जुन सरासर अवैज्ञानिक, भ्रामक र निराधार छ । हुन त तीजमा आध्यात्मिक उपलब्धिका लागि व्रत बस्ने गरिन्छ । यसरी आध्यात्मिक साधनाका लागि ब्रत बस्दा स्वास्थ्यमा पनि अनेकौं फाइदा हुन्छन् । चिकित्सा विज्ञानमा पनि व्रत एवं उपवासका क्षेत्रमा अनेकौं वैज्ञानिक अनुसन्धान भएका छन् र सन् २०१६ को नोवेल पुरस्कार पनि उपवासको फिजियोलोजीका विषयमा अनुसन्धान गरिरहेका जापानिज...
किन लाग्छ बारम्बार भोक
समाचार

किन लाग्छ बारम्बार भोक

भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन । तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको तलतल लाग्छ । यसरी बारम्बार भोक लाग्नु भने सामान्य मान्न सकिदैन । कतिपय स्वास्थ्य समस्यामा पनि भोक लाग्छ । जस्तो पर्याप्त निद्रा नपुगेको अवस्थामा बारम्बार भोक महसुष हुनसक्छ, कतिपय पोषक तत्व अभाव भएमा पनि यस्तो हुन्छ । ...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा
पहिचान, राजनिती र एंन, विकास, विज्ञान र प्रविधि, समाचार, समाज, सस्ंकृति, स्वास्थ र वातावरण

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई  बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भन्नुभयो ।सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताउनुभ...
वैकल्पिक सिकाई सम्बन्धी प्रधानमन्त्रीको शुभकामना सम्बोधन
समाचार

वैकल्पिक सिकाई सम्बन्धी प्रधानमन्त्रीको शुभकामना सम्बोधन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट वैकल्पिक सिकाई सम्बन्धी शुभकामना सम्बोधन । वैकल्पिक सिकाई सम्बन्धी प्रधानमन्त्रीको शुभकामना सम्बोधन (लाइभ ):
तनहुँको भानुमा पहिरोले पुरिदा एकै परिवारका २ जनाको मृत्यु
घुमफिर, पहिचान, राजनिती र एंन, विकास, विचार, विज्ञान र प्रविधि, समाचार, समाज, सस्ंकृति, स्वास्थ र वातावरण

तनहुँको भानुमा पहिरोले पुरिदा एकै परिवारका २ जनाको मृत्यु

तनहुँ । तनहुँको भानुमा सोमबार परेको अविरल वर्षाका कारण पहिरो गएको छ । जिल्लाको भानु–९ सिमलगैह्रामा सोमबार दिउँसो करिब २ बजेतिर गएको पहिरोका कारण स्थानीय महेन्द्र धौलारीको घर पुरिएको छ । यस्तै नजिकैको अर्को मान्छे नबस्ने एक घर र धन्सारमा समेत क्षति पुगेको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका २ जनाकै मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका महेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा १७ वर्षीया शिताष्मा धौलारी र ८० वर्षीया तिलमाया धौलारी रहेका छन । जीवितै उद्धार गरिएको शिताष्माको उपचारका लागी लैजादा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उनको हजुरआमा तिलमायाको भने पहिरोले पुरिएर मृत अवस्था शव निकालिएको प्रहरीले जानकारी दिएको छ । स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाको उद्धार गरिएको थियो । गम्भीर अवस्थामा उद्धार गरिएको शितास्माला...