Thursday, March 13


राष्ट्रपति र सभामुखमा एमालेका पोखरेल र नेम्वाङको चर्चा

काठमाडौँ । निर्वाचनपछिको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएपछि ‘पावर सेयरिङ’मा एमाललेले राष्ट्रपति र सभामुख राख्ने सहमति आजको बालकोट बैठकले गरेको स्रोतले बताएको छ ।

निर्वाचनपछिको दोस्रो ठूलो दल एमालेले पार्टीका नेता ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने चर्चासमेत चलेको छ ।

त्यस्तै, सभामुखमा यसअघि दुईओटा संविधान सभामा सभामुखको भूमिका निर्वाह गरेका अनुभवी नेता तथा कानुनका ज्ञाता सुवास नेम्वाङलाई अघि सार्न लागेको स्रोतले बताएको छ ।

राष्ट्रपति पूरा कार्यकाल एमालेकै हुने र प्रधानमन्त्री र सभामुखमा भने आलो लाेपालाे हुने सहमति बनेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published.