Saturday, February 1


प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं। राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका छन्। 

पत्रमा हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन्। 

प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट पुस ३ गते नेपालको स‌ंविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दावी पेश गर्न आह्वान भएकोमा सोही समय सीमा भित्रै प्रतिनिधि सभा सदस्य तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ।’

पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published.