Thursday, October 3


इन्धनको मूल्य घट्यो: कति घट्यो, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published.