Friday, March 14


माओवादी केन्द्रबाट प्रत्यक्षमा विजयी १८ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ ।

जसमा नेकपा माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् ।

माओवादी केन्द्र

१- लेखनाथ दाहाल (सिन्धुली-२)
२- पूर्णबहादुर घर्ति मगर (रुकुमपुर्व-१)
३- देवेन्द्र पौडेल (बागलुङ-२)
४- माधव सापकोटा (सिन्धुपाल्चोक -१)
५- पुष्पकमल दाहाल प्रचण्ड (गोरखा-२)
६- बर्षमान पुन (रोल्पा)
७- शक्तिबहादुर बस्नेत (जाजरकोट)
८- रेखा शर्मा (दाङ-२)
९- रामकुमार राई (खोटाङ)
१०- अमनलाल मोदी (मोरङ-१)
११- जनार्दन शर्मा (रुकुम पश्चिम)
१२- सुदन किराँती (भोजपुर)
१३- हितबहादुर तामाङ (नुवाकोट-१)
१४- महेन्द्र बहादुर शाही (कालिकोट)
१५- छिरिङ डम्डुल लामा (हुम्ला)
१६- सूर्यमान तामाङ (काभ्रे-१)
१७- महेन्द्र राय यादव (सर्लाही-२)
१८- गंगा कार्की (दोलखा)

Leave a Reply

Your email address will not be published.