Saturday, April 19


नुवाकोट “फ्लप” भयो “नो, नट अगेन”?

नुवाकोट। सामाजिक सञ्जालमा ‘नोनट अगेन’ भनेर अभियान चलिरहेको छ। पुरानालाई बिदा गरौँनयाँलाई स्वागत गरौँ भन्ने अभियान चले पनि नुवाकोटमा पुरानै नेताहरूको चुनावी चहलपहल चर्को रहेको छ। चर्चा परिचर्चा पनि पुरानैको र जितको सम्भावना पनि पुरानैको देखिएको छ। निर्वाचनको मैदानमा नयाँ पुस्ताले पनि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिए पनि उनीहरूको भूमिका हस्तक्षेपकारी देखिएको छैन।

नुवाकोटमा गत निर्वाचनमा निर्वाचित ६ जना यो पटक पनि दोहोरिने दाउमा छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिकका ६ जना प्रत्यक्षमा  दोहोरिने दौडमा छन्। ०७४ मा क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा माओवादीका हितबहादुर तामाङप्रदेश क्षेत्र नं. १ बाट निर्वाचित नेकपा माओवादीकी राधिका तामाङप्रदेश क्षेत्र नं. २ बाट निर्वाचित एमालेका बद्री मैनालीक्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित एमालेका नारायणप्रसाद खतिवडाप्रदेश क्षेत्र नं. १ बाट निर्वाचित एमालेकै केशवराज पाण्डे र समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका बहादुरसिंह लामा प्रत्यक्षतर्फको निर्वाचनमा हुनुहुन्छ। एमालेका मैनाली प्रदेश सभाबाट प्रतिनिधि सभाको उम्मेदवारमा उक्लिनुभयो  भने कांग्रेसका लामा प्रतिनिधिसभाबाट प्रदेश सभाको उम्मेदवारमा ओर्लिनु भएको छ।

गत निर्वाचनमा एमाले माओवादीबाट निर्वाचित भएकाहरूमध्ये यो पटक दोहोरिन सकस एमालेबाट निर्वाचितहरूलाई मात्र देखिन्छ। अहिले कांग्रेस र माओवादी गठबन्धन भएको कारण पनि एमालेलाई जितको ताज पहिरिन गाह्रो देखिएको हो। माओवादीबाट निर्वाचितहरूको लागि यो पटक कांग्रेसको साथ पाएकोले कारण सहज छ।

नुवाकोट–१: पहिलो सहयात्री अहिले आमनेसामने

क्षेत्र नं. १ मा नेकपा एमालेका बद्री मैनाली र नेकपा माओवादीका हितबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। ०७४ को निर्वाचनमा मैनाली एमालेबाट प्रदेश सभा र तामाङ माओवादीबाट प्रतिनिधिसभामा सँगै लड्नु भएको हो। एमाले माओवादी चुनावी तालमेलको कारण चुनाव जित्न काँधका काँध मिलाएर चुनावी सहयात्री बनेका मैनाली र तामाङ अहिले संघको एउटै पदमा आमनेसामने हुनु भएको छ। तामाङलाई ०६४०७० र ७४ का आफ्नै प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. रामशरण महत र डा. प्रकाशशरण महत अर्थात नेपाली कांग्रेसको साथ रहेको छ। यही क्षेत्रको प्रदेश २ मा महत परिवारकै कांग्रेस जिल्ला सभापतिसमेत रहेका रमेशकुमार महत उम्मेदवार हुनुहुन्छ। जसको कारण तामाङलाई कांग्रेस मत घात नहुनेमा विश्वस्त हुनुहुन्छ। तरएमालेका मैनाली भने एक्लै हुनुहुन्छ। अन्यत्र केही जिल्लामा राप्रपासँग सहकार्य गरेको एमालेलाई नुवाकोटमा राप्रपाको दुबै क्षेत्रमा साथ छैन। मैनाली र तामाङ मध्ये एक जनाको मात्र दोहोरिने इच्छा पुरा हुनेछ।

मैनाली र तामाङ दुवैले भौतिक विकासलाई आफ्नो चुनावी एजेण्डा बनाउनु भएको छ। एमालेले टोखा–छहरे सुरुङमार्गको कामलाई अघि बढाउने बताएको छ। उम्मेदवार मैनालीले भन्नुभयो ‘टोखा छहरे सुरुङमार्ग निर्माणमा पहल,  बालाजु–रानीपौवा सडक पुराक्षेत्र नं. १ मा रहेका ४५ वटा कृषि सडकहरू निर्माण सम्पन्नतादीको बाघमारामा केबलकार निर्माणको लागि पहल गर्नेछौँ।’

माओवादी उम्मेदवार तामाङले नुवाकोटको छहरे–टोखा सडक बाह्रै महिना सञ्चालन हुने बनाउनेहरेक पालिकामा सडक कालोपत्रे गर्नेकृषि उपजको उत्पादन र बजारीकरण लगायतका कामहरूलाई प्राथमिकता दिएको बताउनु भएको छ।

यो क्षेत्रमा मैनाली र तामाङ सहित १६ जना उम्मेदवारहरू रहेका छन्। आफूलाई स्वतन्त्र उम्मेदवार भन्न रुचाउने तर लौरो चिन्हको लागि हाम्रो नेपाली पार्टीकी उम्मेदवार सफलता बोगटीले आफ्नो पक्षमा निर्वाचनको महौल उत्साहजनक रहेको दाबी गर्दै भन्नुहुन्छ ‘ठूला दलहरूले केही गरेनन्। सडकको बिजोगमहँगी नियन्त्रण गर्न सकेनन्। मल दिन सकेनन्। गुनासोको चाङ छ। उहाँहरूले तपाई नयाँ पुस्ता आएर केही गर्न पर्‍यो भनेको छन्।’

स्थानीय चुनाव अङ्कगणित

एक लाख २० हजार सात सय ५२ मतदाता रहेको यो क्षेत्रमा  सात वटा स्थानीय तह रहेका छन्।  गत स्थानीय तह निर्वाचनमा सातैवटा  स्थानीय तहमा प्रमुख दल एमालेकांग्रेसमाओवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए। सत्तारुढ दलहरूबीच पनि चुनावी तालमेल नभएको यो क्षेत्रमा कांग्रेस र माओवादी अग्रस्थानमा देखिए पनि नेकपा एमाले पहिले भन्दा खुम्चिएको छ।

वडाअध्यक्षहरूले ल्याएको मत जोड्दा सबैभन्दा धेरै कांग्रेसले २८ हजार नौ सय ६२नेकपा माओवादीले २३ हजार दुई सयएमालेले १८ हजार दुई सय ६७राप्रपाले चार हजार ७८ र नेकपा एकीकृत समाजवादीले दुई हजार दुई सय ४५ मत रहेको छ। कांग्रेसमाओवादी र समाजवादी गठबन्धनमा छन्। यो मतलाई सामान्य आधार मान्ने हो भने एमालेको यो निर्वाचन जित्नु फलामको चिउरा चपाउन भन्दा कठिन छ।

यस्तैप्रदेशतर्फ क्षेत्र नं. १ मा माओवादीकी राधिका तामाङ र एमालेका सुशील खड्काबीच र क्षेत्र नं. २ मा कांग्रेसका रमेशकुमार महत र एमालेमा पूर्णलाल श्रेष्ठबीच नै मुख्य प्रतिष्पर्धा देखिएको  छ। तामाङले जितेमा बागमती प्रदेश सभा सदस्यमा दोस्रो पटक पनि पुग्नुहुनेछ भने महतले जितेमा ७४ को एमाले–माओवादी गठबन्धनले हराएको घाउमा मलमको काम गर्नेछ। एमाले खड्का र श्रेष्ठ भने दुबै पहिलो पटक निर्वाचनमा मैदानमा आउनु भएको हो। नुवाकोटको राजनीतिमा पारिवारिक विरासत जोगाउने चुनौती महतको सामु रहेको छ। डा. रामशरण र डा. प्रकाशशरणको भतिज रमेशलाई महत परिवारको राजनीतिक उत्तराधिकारीको रुपमा हेरिने गरिएको छ।

नुवाकोट–२ : केसी र खतिवडाका बीचमा पाण्डे दाउँ

क्षेत्र नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा र नेपाली कांग्रेसका अर्जुननरसिंह केसीबीच नै को पहिलो हुने भन्ने दौड हो। तरदुबैको बीचमा मत बटुल्ने दाउमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डे देखिनु भएको छ। पार्टीमा नखुलेका भोट तान्ने प्रयासमा जुटिरहन भएका खतिवडा र केसीबीचको मुख्य तगारो अहिले पाण्डे नै हुनुभएको छ। पार्टीको असन्तुष्ट भोट त पाण्डेले लैजाने देखिएको छ भने केही पुराना कार्यकर्ताहरू नै स्वतन्त्र पार्टीको पक्षमा देखिएको कारण दुबै उम्मेदवारको हारजितमा पाण्डेले कटौती गर्ने भोट मुख्य कारक भन्ने हो कि भन्ने त्रासमा रहेको नजिकका कार्यकर्ताहरूले बताएका छन्। फरक गुटका प्रदेश उम्मेदवार बहादुरसिंह लामाको मत नआउने आशंका बीच पाण्डेले लिने भोट जोगाउनु कांग्रेस उम्मेदवार केसीको चुनौती हो।

नुवाकोट–२ मा एमालेका नारायणप्रसाद खतिवडाले गत निर्वाचनमा माओवादीको साथमा कांग्रेसका अर्जुननरसिंह केसीलाई पराजित गराउनु भएको थियो। अहिले माओवादीको साथ कांग्रेसलाई भएकोले केसीले यो पटक पालाको पैँचो तिर्ने सम्भावना बलियो हुँदै गएको छ। 

एमालेका खतिवडाले गत निर्वाचनमा माओवादीको साथमा कांग्रेसका अर्जुननरसिंह केसीलाई पराजित गराउनु भएको थियो। अहिले माओवादीको साथ कांग्रेसलाई भएकोले केसीले यो पटक पालाको पैँचो तिर्ने सम्भावना बलियो हुँदै गएको छ। खतिवडाले जितेका दोहोरिने मिसन पुरा हुनेछ भने केसीले जितेका ७४ मा खतिवडाले लगाएको पराजयको चोट निको हुनेछ। नुवाकोटको राजनीतिमा २०३८ साल देखिको निरन्तर उम्मेदवार रहेको केसीको यो नवौँ उम्मेदवारी हो।

खतिवडाले आफूले थालेका अधुरा कामहरू पुरा गर्न उम्मेदवार भएको बताउँदै आउनुभएको छ। केसीले आफ्नो क्षेत्रको बृहत् विकासको योजनासहित र संसद्‌मा अन्तर्राष्ट्रिय क्षेत्रले समेत देख्न सक्ने प्रतिनिधित्वको लागि उम्मेदवार भएको बताउनु भएको छ। कांग्रेस महामन्त्री गगन थापाका आफ्नै ससुरा केसीले यो निर्वाचन आफ्नो जीवनको अन्तिम निर्वाचन भएको बताउँदै मतदाताको भावनात्मक प्रभाव पार्ने अस्त्र प्रयोग गर्दै आउनु भएको छ। चार पटक मन्त्री भइसकेका केसी यो पटक निर्वाचन जितेर महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अभिलाषा पुरा गर्ने योजनामा हुनुहुन्छ।

गठबन्धन र ठूला दलका उम्मेदवारको मनमा ढ्याङ्ग्रो बजाउन सफल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पाण्डेको चुनावी सक्रियताले पनि अरु दललाई असफल भइएला कि भन्ने त्रास उत्पन्न गराएको हो। तीन दशकभन्दा लामो समय पर्यटन व्यवसायमा बिताउनु भएको पाण्डे राजनीतिक हिसाबमा आफू ‘कान्छो’ उम्मेदवार भएको स्विकार्नु हुन्छ। देशको अवस्था बदल्नको लागि राजनीतिमा प्रवेश गरेको बताउनुहुने पाण्डेले भन्नुभयो ‘देशमा जे भइरहेको छ त्यो पटक्कै ठीक छैनअब अवस्था बदल्नकालागि हातेमालो गरौं।’

खतिवडाकेसी र पाण्डेसहित यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। एक लाख १८ हजार नौ सय ७४ मतदाताले यी उम्मेदवारको भविष्य लेख्नेछन्।

मुख्यमन्त्रीको चर्चा

बागमती प्रदेशको मुख्यमन्त्रीको च्याँखे थापेर पनि नुवाकोटमा प्रदेश सभा सदस्यको लागि मत मागिरहेका छन्। एमाले बागमती प्रदेश कमिटि अध्यक्ष प्रदेश क्षेत्र नं. १ का उम्मेदवार केशवराज पाण्डेले प्रदेशमा एमाले सरकार हुँदा मुख्यमन्त्री हुने व्यक्तिको रुपमा प्रस्तुत गर्दैै आउनु भएको छ। यसअघि आन्तरिक मामिला मन्त्री भइसकेका पाण्डेले गठबन्धनको तर्फबाट नेकपा माओवादीका रामप्रसाद ढुंगानाको सामना गर्नु पर्नेछ। यो क्षेत्रमा पर्ने विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा प्रमुखमा एमाले विजयी भएको थियो। तरगत वैशाखमा भएको निर्वाचनमा कांग्रेस र माओवादी विजयी भएकोले पाण्डेको दोहोरिने दाउमा ढुंगाना तगारो बन्ने सम्भावना बलियो छ।

यस्तैप्रदेश क्षेत्र नं. २ का नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिं लामा र एमालेका विजय लोप्चनबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ। ०७० मा प्रत्यक्ष०७४ समानुपातिकबाट सांसद भएका लामाको यो पटक प्रतिनिधीसभा उम्मेदवार बन्न अर्नुननरसिंह केसी बाधक भएपछि प्रेदशमा घटुना हुनुभएको हो। लामाले पनि आफूलाई आगामी बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको चिनाउँदै आउनु भएको छ। वागमतीमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बीचैमा सत्ताच्युत गराई मुख्यमन्त्री बन्न खुट्टा उचालीसकेका कांग्रेस बागमती सभापति मकवानपुरका ईन्द्र बानियाँ पनि प्रदेशकै चुनावमा रहेकोले बानियाँलाई पाखा लगाएर मुख्यमन्त्री हुने लामाको सपना पुरा हुने सम्भावना न्युन छ। पुराना राजनीतिक तथा निर्माण व्यवसायी अनुहारसत्ताशक्तिको निकट र प्रशस्त सम्पत्तिको स्वामी लामाको अघि एमालेका लोप्चनलाई निर्वाचनमा सफलता हासिल गर्न कठिन रहेको स्वयम् एमालेकै कार्यकर्ताहरूले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published.