भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन ।
तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको तलतल लाग्छ । यसरी बारम्बार भोक लाग्नु भने सामान्य मान्न सकिदैन । कतिपय स्वास्थ्य समस्यामा पनि भोक लाग्छ । जस्तो पर्याप्त निद्रा नपुगेको अवस्थामा बारम्बार भोक महसुष हुनसक्छ, कतिपय पोषक तत्व अभाव भएमा पनि यस्तो हुन्छ ।