इमान्दारी, जिम्मेवारी र जवाफदेहीपूर्ण तरिकाले निर्वाचन गराउन अपिल
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन इमान्दारी, जिम्मेवारी तथा जवाफदेहीपूर्णरुपमा सम्पन्न गराउन अपिल गरेको छ ।
नियोगले आज पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र उम्मेदवारलगायत सबैमा उक्त अपिल गरेको हो ।
नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिँदै निर्वाचनबाट बन्ने भोलिको सरकारले देशको विकास र स्थायित्व दिनसक्ने हुनुपर्ने बताउनुभयो । नियोगले गत असोजको अन्तिम सातादेखि नै निर्वाचनको पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ जिल्लामा तालिम दिएर पर्यवेक्षक खटाएको छ । नियोगले दीर्घकालीन पर्यवेक्षणको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाच...










