पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गङ्गा कार्की
काठमाडौँ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् ।
नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका थिए । पार्टीमा उहाँ ‘विश्व’ उपनामले परिचित छन् ।
उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो ।
उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गरेका थिए भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि भए...










