Monday, October 20


अन्य

देउवाको सत्तामोहमा कांग्रेसले सबथोक गुमायो
राजनिती र एंन, समाचार

देउवाको सत्तामोहमा कांग्रेसले सबथोक गुमायो

काठमाडौं । सभापति शेरबहादुर देउवाको सत्ता मोहका कारण संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएपछि कांग्रेस प्रतिपक्षी बेञ्चमा रहने भएको हो । प्रचण्डसँग गरेको सहमति पूरा गर्न देउवा तयार नहुँदा कांग्रेसले संघीय सरकार र प्रदेश सरकार बनाउने अवस्था आएको हो । सत्ता समीकरण फेरबदल भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतको सबै पद कांग्रेसले गुमाउने अवस्था बनेको छ । माओवादी र एमाले एक ठाउँमा हुने बित्तिकै सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कांग्रेस प्रतिपक्षी बनेको छ । सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक भएकाले त्यहाँ कसको सरकार बन्छ भन्ने टुङ्गो छैन ...
प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति कार्यालयमा पत्र
राजनिती र एंन, समाचार

प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं। राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका छन्।  पत्रमा हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन्।  प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ, 'सम्माननीय राष्ट्रपति ज्यूबाट पुस ३ गते नेपालको स‌ंविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दावी पेश गर्न आह्वान भएकोमा सोही समय सीमा भित्रै प्रतिनिधि सभा स...
प्रचण्डलाई प्रधानमन्त्री बनाउन अमरेशदेखि प्रभु साहसम्मको समर्थन
राजनिती र एंन, समाचार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन अमरेशदेखि प्रभु साहसम्मको समर्थन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा साना दल र स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन् । एमाले, स्वतन्त्र दल, राप्रपा, जनमत, राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका हुन् । त्यसमा स्वतन्त्र सांसद प्रभु शाहदेखि अमेरश कुमार सिंह समेतले समर्थन गरेका छन् । उनीहरु समेत राष्ट्रपति निवास पुगेका छन् । प्रचण्डलाई दुई तिहाई निकट सांसदको समर्थन पुगेको छ । ...
७ दिने म्याद- देउवा, प्रचण्ड र ओलीमध्ये को प्रधानमन्त्री ?
राजनिती र एंन, समाचार

७ दिने म्याद- देउवा, प्रचण्ड र ओलीमध्ये को प्रधानमन्त्री ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दलको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुलेको छ । दलहरूबीच सहमति जुटेको खण्डमा अबको सात दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ । संसद्को सबैभन्दा ठूलो दलको नेता भएकाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पहिलो सम्भावना रहेको छ । त्यसैगरी, सत्तारुढ गठबन्धनका नेता मात्र नभएर निर्णायक शक्ति भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दोस्रो सम्भावना रहेको छ । तर, सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको खण्डमा कांग्रेस–एमाले वा एमाले–माओवादी सहकार्यमा सकार बन्ने अर्को सम्भावना पनि रहेको छ । त्यस्तो अवस्थामा केपी ओली वा प्रचण्ड मध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । वर्तमान सत्तारुढ गठबन्धनबीच भ...
भारत, चीन,अमेरिकाका ‘त्रिकोणात्मक’ भूराजनीतिक चुनौती धान्न नेपालले सक्ला?
राजनिती र एंन, समाचार

भारत, चीन,अमेरिकाका ‘त्रिकोणात्मक’ भूराजनीतिक चुनौती धान्न नेपालले सक्ला?

काठमाडौँ।नेपालमा हालै सम्पन्न चुनावपछिको संसदीय अङ्कगणितले मिलीजुली सरकार निर्माण गर्नुपर्ने बाध्यतामा दलहरूलाई पुर्‍याएसँगै त्यसले थप भूराजनीतिक चुनौतीहरू थप्नसक्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। मतदान सम्पन्न भएको एक महिना पुग्न लाग्दा चुनावी परिणाम सार्वजनिक भइसकेको भए पनि कसको नेतृत्वमा सरकार बन्छ भन्ने निर्क्योल भइसकेको छैन। कतिपय देशका राजदूतहरूले गरेका राजनीतिक भेटघाटलाई लिएर प्रश्न उठेका छन् भने केही नागरिक अगुवाले सरकार निर्माणमा कुनै पनि प्रकारको ‘वैदेशीक हस्तक्षेप’ अस्वीकार्य हुने चेतावनी दिएका छन्। विज्ञहरूले कमजोर सरकार बन्दा राष्ट्रिय स्वार्थ ओझेलमा पर्ने र छिमेकी देशहरूसँगका सीमा लगायतका समस्याको सम्बोधन गर्न कठिन हुने टिप्पणी गरेका छन्। परराष्ट्र सम्बन्धमा कस्तो प्रभाव?निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसक्दा राष्ट्रपति विद्यादेवी भण्डारीले भावी सर...
संसद् बैठकको तयारी तीव्र
राजनिती र एंन, समाचार

संसद् बैठकको तयारी तीव्र

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस भएसँगै सङ्घीय संसद् सचिवालयले अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मङ्सिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तीव्रता दिएको हो । सचिवालयले सङ्घीय संसद् भवनको मर्मत सम्भारलगायतका काम गरिसकेको छ । दलअनुसार सिट व्यवस्थापन तथा अन्य प्राविधिक पक्षको परीक्षण पनि सचिवालयले गरिसकेको छ । यस्तै दलको कार्यालय व्यवस्थापनलाई पनि सचिवालयले अन्तिम रूप दिएको छ । सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले व्यवस्थापनको तयारी सचिवालयले गरिरहेको बताए । उहाँले भन्नुभयो, “हामीले भौतिक पूर्वाधारदेखि अन्य आवश्यक तयारी गरिरहेका छौँ, । कुनै पनि बेला अधिवेशन बोलाइन सक्छ भनेर हामी तयारी अवस्थामा नै छौँ ।” सचिवालयले राष्ट्रिय दलको मान्यत...
एमाले र माओवादी मिलेर सरकार बनाए एकीकृत समाजवादीले के गर्ला ?
राजनिती र एंन, समाचार

एमाले र माओवादी मिलेर सरकार बनाए एकीकृत समाजवादीले के गर्ला ?

काठमाडौं । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन । संसदकाे दोस्रो ठूलाे दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ । माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउनुहुन्छ । गुरुङले यसअघि एम...
कम्युनिष्टइतरको सरकार कति सम्भावना ?
राजनिती र एंन, समाचार

कम्युनिष्टइतरको सरकार कति सम्भावना ?

काठमाडौं । संसदमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आफूलाई दुई धारे तरबार सावित गर्न खोजेपछि उछिट्टिएर सडकमा पुग्ने संकेत नेपाली राजनीतिमा देखिएको छ । आफूलाई जसले प्रधानमन्त्री पद दिन्छ उसैको गठबन्धनमा रहने माओवादी नीतिलाई संसदको दुई ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले साइजमा ल्याउने रणनीति तय गरेको बुझिएको छ । यसका लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘गोप्य सल्लाह’ मा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ । यता, एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई कांग्रेस गठबन्धनमा धकेलेर भए पनि गठब...
राष्ट्रिय मुद्दाका विषयमा दलबीच सहमति आवश्यक : महासचिव गुरुङ
राजनिती र एंन, समाचार

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सहमति आवश्यक : महासचिव गुरुङ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताउनुभएको छ। सञ्चार डबलीद्वारा शुक्रबार आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताउनुभयो। उहाँले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटीलगायत जिल्लाको स...
कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?
घुमफिर, समाचार, समाज

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

ध्रुवसागर शर्मा गलेश्वर । म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्योपिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।मलाई त्यो देखि हृदयबिच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।। आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ । मानव बस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभाव लगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ । “गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो । “गौँथली आजभोलि न दलिनमा...