Thursday, March 13


समाज

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
राजनिती र एंन, विकास, समाचार, समाज

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय

का‌ठमाडौं ।सरकारले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने महत्वपूर्ण निर्णय गरेको छ । सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय आजको बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आजा साँझ सिंहदरबारमा मान्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको छ । चालू आर्थिक वर्षका लागि मन्त्रीहरूले वृद्धि भएको तलब नलिने निर्णय भ...
इन्धनको मूल्य घट्यो: कति घट्यो, कहिलेदेखि लागू हुन्छ ?
समाज

इन्धनको मूल्य घट्यो: कति घट्यो, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ । ...
कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?
घुमफिर, समाचार, समाज

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

ध्रुवसागर शर्मा गलेश्वर । म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्योपिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।मलाई त्यो देखि हृदयबिच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।। आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ । मानव बस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभाव लगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ । “गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो । “गौँथली आजभोलि न दलिनमा...
सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन
समाचार, समाज, स्वास्थ र वातावरण

सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । मङ्सिर २९ गते सात सय ३० जनाको परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको थियो । त्यो सङ्क्रमण दर भनेको ०.५५ प्रतिशत हो । खोप सात हजार नौ सय नौ जनाले लगाएका छन् । उहाँका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता...
देशले खोजेको छ, सरकारी कोष व्यवस्थापनमा आमूल परिवर्तन
विकास, समाचार, समाज

देशले खोजेको छ, सरकारी कोष व्यवस्थापनमा आमूल परिवर्तन

काठमाडौं । पन्ध्रौँ योजनाले सुशासन, विकास र समृद्धिलाई दीर्घकालीन सोचको मार्गचित्रका रूपमा लिएको छ। तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने; सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने; आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवं दिगो सहर/बस्ती विकास गर्ने; उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने; पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने; गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने; प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने र सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता संवर्द्धन गर्ने जस्ता दीर्घकालीन राष्ट्रिय रणनीतिका साथ पन्ध्रौँ योजनाले राज्यको आर्थिक सामाजिक क्षेत्रलाई समेटेर शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, रेल, प्रतिव्यक्ति आय जस्ता शीर्षकहरूमा महत्त्वाकाङ्क्षी लक्ष्यहरू लिएको पाइन्छ...
नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय
विकास, समाज

नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय

काठमाडौँ। नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पु¥याउ...
घटेर आयो इन्धनको मूल्य
समाज

घटेर आयो इन्धनको मूल्य

काठमाडौँ। खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने ४४ रुपियाँ मूल्य बढेर आएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा  ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपियाँ नाफा गरेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा कायम रहेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम ना...
धनगढीमा निषेधाज्ञा
समाज

धनगढीमा निषेधाज्ञा

धनगढी । ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार हसनपुरको पीपलचौतारामा सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा १४ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको ज्यान गएपछि सो विद्यालयका विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै दिनभर धनगढीमा प्रदर्शन गरेका छन् । विद्यार्थीको ज्यान गएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर जनधनक...
मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिने
विकास, समाचार, समाज

मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिने

काठमाडौँ। काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ । आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो । यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । ...
भारतबाट स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई मत’
राजनिती र एंन, समाचार, समाज

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई मत’

महेन्द्रनगर।कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिनुभयो । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुग्नु भएका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आउनुभएको बताउनुभयो । “गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ”, वृद्ध सिंहले भन्नुभयो, “जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन् ।” उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिनुभयो । “चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ”, उहाँले भन्नुभयो, “देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन् ।” उहाँले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको बताउनुभयो । त्यसैगरी भारत देहरा...