Thursday, October 31


विकास

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
राजनिती र एंन, विकास, समाचार, समाज

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय

का‌ठमाडौं ।सरकारले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने महत्वपूर्ण निर्णय गरेको छ । सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय आजको बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आजा साँझ सिंहदरबारमा मान्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको छ । चालू आर्थिक वर्षका लागि मन्त्रीहरूले वृद्धि भएको तलब नलिने निर्णय भ...
देशले खोजेको छ, सरकारी कोष व्यवस्थापनमा आमूल परिवर्तन
विकास, समाचार, समाज

देशले खोजेको छ, सरकारी कोष व्यवस्थापनमा आमूल परिवर्तन

काठमाडौं । पन्ध्रौँ योजनाले सुशासन, विकास र समृद्धिलाई दीर्घकालीन सोचको मार्गचित्रका रूपमा लिएको छ। तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने; सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने; आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवं दिगो सहर/बस्ती विकास गर्ने; उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने; पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने; गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने; प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने र सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता संवर्द्धन गर्ने जस्ता दीर्घकालीन राष्ट्रिय रणनीतिका साथ पन्ध्रौँ योजनाले राज्यको आर्थिक सामाजिक क्षेत्रलाई समेटेर शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, रेल, प्रतिव्यक्ति आय जस्ता शीर्षकहरूमा महत्त्वाकाङ्क्षी लक्ष्यहरू लिएको पाइन्छ...
नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय
विकास, समाज

नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय

काठमाडौँ। नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पु¥याउ...
मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिने
विकास, समाचार, समाज

मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिने

काठमाडौँ। काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ । आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो । यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । ...
प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म
राजनिती र एंन, विकास, समाचार

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिनुभएको छ । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्नुभएका उहाँले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा सम्वृद्धिको मार्गचित्र नाम दिएर ५५ बुदेँ लिखित प्रतिबद्धता जनतासमक्ष पु¥याउनुभएको छ । जिल्लाको मुहार फेर्न सकिने खालका प्रमुख रणनीतिक योजनालाई ‘गेमचेन्जर’ योजनाका रुपमा र अन्य नियमित योजनालाई महत्वपूर्ण योजनाका रुपमा समेटेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बूढीगण्डकी आयोजना निर्माणदेखि उत्तरी गोरखाको नुब्री क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नेसम्मका योजना परेका छन् । प्रमुख रणनीतिक योजनामध्ये लामो...
चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत
विकास

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् रु २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् रु ४३ अर्ब ३० करोड ५१ लाख खर्च...
मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा
विकास, समाचार, समाज

मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा

काठमाडौं। राजधानी ल्याउनका लागि मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा पुगेको छ । वर्षाका कारण अवरुद्ध रहेको मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु भइरहेको छ । अहिले खोलालाई डाइभर्ट गरेर गेटहरु खोल्ने तयारी भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उपत्याकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले खोलाहरु डाइभर्ट गरेर गेटहरु खोल्ने काम भइरहेको छ ।’’ गेटहरु खोलिसकेपछि सरसफाइ गरेर मात्र पानी टनेलमा हालिने इन्जिनियर कुँवरले बताउनुभयो । टनेलमा पानी पठाएको करिब १४ दिनपछि मात्र टनेल भरिनेछ र पानी काठमाडौं पठाइने उहाँको भनाइ छ । यसकारण उपत्यकामा मेलम्चीको पानी आउन अझै एक महिना लाग्ने देखिएको उहाँ बताउनुहुन्छ । कुँवरले भन्नुभयो, ‘‘गेटहरु खोलेर केही फोहोर भए सफा गरेर टनेलमा पानी पठाउँछौँ...
सार्वजनिक सेवा घर-घरमा पुर्‍याउने यस्तो छ माओवादीको योजना
राजनिती र एंन, विकास, समाचार, समाज

सार्वजनिक सेवा घर-घरमा पुर्‍याउने यस्तो छ माओवादीको योजना

काठमाडौं । माओवादी केन्द्रले देशमा सुशासन कायम गरि देशलाई अग्रगमनको बाटोमा अघि बढाउन आफ्नो १४ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा माओवादीले देशमा  सुशासनको अवस्था कमजोर रहेको अहिलेसम्म प्राप्त विभिन्न तथ्यबाट स्पष्ट भएको ठहर गरेको छ ।  माओवादीले ‘भ्रष्टाचार, ढिलासुस्ती, बेरुजु, सामाजिक विभेद र हिंसा, व्यक्ति प्रधानता, जवाफदेहीता र उत्तरदायित्वको कमी आदि सुशासन कमजोर हुँदाका फल’भएको भनेको छ । सुशासनका निम्ति समाजवादी वैचारिकीको जगमा नीतिगत एवम् प्रणालीगत पुनर्संरचना, राजनीतिक सङ्कल्प, संस्थागत पुनर्गठन र प्रविधिको विकास एवम् प्रयोग हुनुपर्ने भन्दै माओवादीले प्रक्रियाउन्मुख नीति–प्रणाली, नेपालको सामाजिक बनोट र राजनीतिक सङ्कल्पको कमी भ्रष्टाचारका मुख्य स्रोतको रूपमारहेको बताएको छ । ...
अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा
राजनिती र एंन, विकास, समाचार

अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा

भरतपुर। प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरुआती चरणबाटै चर्चामा रह्यो । विशेष गरेर २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि यो क्षेत्र सधैँ चर्चामा रह्यो । यसपटक पनि दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने बताउनुभएको थियो तर अन्तिम समयमा गोरखा गएपछि यो क्षेत्रमा माओवादीको तर्फबाट चिकित्सक पेशा छाडेर डा भोजराज अधिकारी निर्वाचनमा होमिनुभएको छ । सधँै अस्पतालमा बिरामी जाँच्दै गरेका भेटिने डा अधिकारी बुधबार चुनावी अभियानको क्रममा घरदैलोमै बिरामीको चेकजाँच गर्दै गरेको भेटिनुभयो । प्रचार प्रसारको अवधि सकिनै लाग्दा डा अधिकारीको दौडधुप झनै बढ...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा
पहिचान, राजनिती र एंन, विकास, विज्ञान र प्रविधि, समाचार, समाज, सस्ंकृति, स्वास्थ र वातावरण

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई  बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भन्नुभयो ।सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताउनुभ...