बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल
यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विभिन्न बुद्धिजीवी पेशागत सङ्घ तथा सङ्गठनले अपिल गरेका छन् ।
यहाँ आज पत्रकार सम्मेलन गरेर ११ पेसागत सङ्गठनले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन संयुक्त अपिल गरेका हुन् । निर्वाचनमा दलहरुले उठाएका उम्मेदवारमध्ये सक्षम र योग्य उम्मेदवारलाई छनोट गर्न सकेमा मात्र मुलुकमा राजनीनिक स्थिरता, सुशासन र समृद्धि हासिल हुनसक्ने सङ्गठनहरुको भनाइ छ ।
विभिन्न ११ पेसागत सङ्गठनले विज्ञप्तिमार्फत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय रुपमा लागिपर्न पेसाकर्मीलाई आग्रह गरिएको छ ।
एकीकृत टे«ेड युनियन महासङ्घ, समाजवादी इञ्जिनीयरिङ एशोसिएशन नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रेस सेन्टर नेपाल, पेसागत महासङ्घ नेपाल, नेपाल ...








