चर्चित नेताहरू हार्ने क्रम जारी
काठमाडौँ। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रत्यक्षतर्फको करिब ४० प्रतिशतभन्दा बढी निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । परिणाम सार्वजनिक भइरहँदा राजनीतिक दलका चर्चित नेता हार्ने क्रम जारी छ ।
बिहीबार अबेर रातिसम्म सार्वजनिक भएको परिणामबमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता बलबहादुर केसी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभएको छ ।
कांग्रेसका पूर्वमहामन्त्री सिटौला झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबाट पराजित हुनुभएको हो । लिङ्देनले ४० हजार ६४८ मत पाउँदा सिटौलाले ३७ हजार ३७२ मत पाउनुभयो । २०५१ को मध्यावधि चुनावमा झापा–१ बाट निर्वाचित भ...










