मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक
जनकपुरधाम। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।
संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा एमाले उम्मेदवार अगाडि छन् ।
वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा...










