Saturday, January 17


अन्य

सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन
समाचार, समाज, स्वास्थ र वातावरण

सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । मङ्सिर २९ गते सात सय ३० जनाको परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको थियो । त्यो सङ्क्रमण दर भनेको ०.५५ प्रतिशत हो । खोप सात हजार नौ सय नौ जनाले लगाएका छन् । उहाँका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता...
राष्ट्रपतिबाट नयाँ सरकार गठन आह्वानको तयारी
राजनिती र एंन, समाचार

राष्ट्रपतिबाट नयाँ सरकार गठन आह्वानको तयारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नु भएकाे छ । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाले जानकारी दिनुभयो । शनिबार बिदा रहेकाले त्यसलगत्तै कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्ने उहाँले बताउनुभयो । प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु¥याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका...
पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’
राजनिती र एंन, समाचार

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’

काठमाडौं । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा हुनसक्छ। नयाँ निर्वाचित सांसदहरूले संसद् भवन प्रदेश गर्न कम्तीमा पुस महिनासम्म पर्खनुपर्ने हुनसक्छ। निर्वाचन आयोगका अधिकारीहरूका अनुसार पुस महिनायता नयाँ प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बन्ने अवस्था छैन। “समानुपातिकतर्फको अन्तिम परिणाम आएपछि प्रतिवेदन तयार गर्न थप १० दिन लाग्न सक्छ,” निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने। उनका अनुसार समानुपातिक तर्फको मतगणना सक्न अझै “एक दुई-दिन” लाग्न सक्छ। किन ढिलो हुनसक्छ?देशभरिका १६५ निर्वाचन क्षेत्रबाट चुनिने उम्मेदवारहरू लगभग निश्चित भइसकेका छन्। तर यसरी चुनिएका सांसदहरू प्रतिनिधिसभाको ६० प्रतिशत सदस्य मात्रै हुन्। बाँकी ४० प्रतिशत सां...
देशभर १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित, को-को पुगे संसद ?
राजनिती र एंन, समाचार

देशभर १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित, को-को पुगे संसद ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । देशभरबाट प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १२ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् । यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् । यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हु...
प्रदेशसभातर्फ कांग्रेस १११ स्थानसहित पहिलो, कुनले कति जिते ?
राजनिती र एंन, समाचार

प्रदेशसभातर्फ कांग्रेस १११ स्थानसहित पहिलो, कुनले कति जिते ?

काठमाडाैं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक ...
एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?
राजनिती र एंन, समाचार

एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा नेकपा एमाले दोस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । एमाले १- प्रेमबहादुर महर्जन (ललितपुर-२)२- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)३- डम्बरबहादुर रायमाझी (उदयपुर-...
माओवादी केन्द्रबाट प्रत्यक्षमा विजयी १८ सांसद को को छन् ?
राजनिती र एंन, समाचार

माओवादी केन्द्रबाट प्रत्यक्षमा विजयी १८ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा नेकपा माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । माओवादी केन्द्र १- लेखनाथ दाहाल (सिन्धुली-२)२- पूर्णबहादुर घर्ति मगर (रुकुमपुर्व-१)३- देवेन्द्...
समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट
राजनिती र एंन, समाचार

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् । सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् । यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा...
पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गङ्गा कार्की
राजनिती र एंन, समाचार

पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गङ्गा कार्की

काठमाडौँ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका थिए । पार्टीमा उहाँ ‘विश्व’ उपनामले परिचित छन् । उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गरेका थिए भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि भए...
सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन सहमत !
राजनिती र एंन

सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन सहमत !

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, उनले लेखेका छन्, ...