Thursday, October 31


राजनिती र एंन

मन्त्रिपरिषद् आठ सदस्यीय, प्रधानमन्त्रीलाई १८ मन्त्रालयको जिम्मेवारी
राजनिती र एंन, समाचार

मन्त्रिपरिषद् आठ सदस्यीय, प्रधानमन्त्रीलाई १८ मन्त्रालयको जिम्मेवारी

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ । प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहर...
सुहायो राष्ट्रिय पोसाक
राजनिती र एंन, समाचार

सुहायो राष्ट्रिय पोसाक

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास नपुग्दै उहाँ बेग्लै आकर्षणको केन्द्र बन्नुभयो । कारण थियो उहाँको राष्ट्रिय पोसाकको परिधान । यसअघि २०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि औपचारिक समारोहमा रहँदा उहाँले कहिल्यै पनि दौरा, सुरुवाल, कोट र टोपी लगाउनुभएको थिएन । उहाँ जहिले पनि सुट र टाईमा नै रहनुहुन्थ्यो । यस पटक पनि आम अपेक्षा सुट र टाईमा नै शपथग्रहण गर्नुहुने थियो ।  पहिलो पटक नौलो पहिरन लगाएकै कारण हुनसक्छ, उहाँले कुर्सीमा बस्दा पनि अलि असजिलो महसुस गरिरहेको देखिन्थ्यो । उपस्थित अन्य व्यक्तिहरूले पनि उहाँलाई खुब नियालिरहनुभएको थियो । विगतमा सर्ट, पाइन्ट, कोट र टाई लगाउने बानी परेको भएर हुनसक्छ, प्रधानमन्त्री प्रचण्डले सोमबार पनि टाई नै मिलाए जसरी पटक पटक हात...
यस्तो छ नयाँ मन्त्रीहरूको परिचय
राजनिती र एंन, समाचार

यस्तो छ नयाँ मन्त्रीहरूको परिचय

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णुप्रसाद पौडेलको संसदीय राजनीति यात्रा २०५१ सालबाट सुरु भएको हो। उहाँ २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री हुनुभएको थियो। उहाँ २०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ३ मा पराजित हुनुभयो। २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी पाउनुभयो। वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो । रुपन्देही क्षेत्र नं. २ बाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको छ। नारायणकाजी श्रेष्ठ पूर्वउपप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वगृहमन्त्रीसमेत रहनुभएका नारायणकाजी श्रेष्ठ पुष्पकमल दाहाल ‘प्...
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
राजनिती र एंन, विकास, समाचार, समाज

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय

का‌ठमाडौं ।सरकारले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने महत्वपूर्ण निर्णय गरेको छ । सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय आजको बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आजा साँझ सिंहदरबारमा मान्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको छ । चालू आर्थिक वर्षका लागि मन्त्रीहरूले वृद्धि भएको तलब नलिने निर्णय भ...
को बन्ला गण्डकीको मुख्यमन्त्री ?
राजनिती र एंन, समाचार

को बन्ला गण्डकीको मुख्यमन्त्री ?

गण्डकी। केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ । तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ । अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्नेे देखिएको छ । केन्द्रीय सत्ता समीकरण प्रदेशमा पनि लागू हुने र सोहीअनुसार भागबण्डा हुने स्थितिमा नयाँ गठबन्धनकै सरकार बन्नेछ । गण्डकी प्रदेशसभाका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि बहुमत सङ्ख्या ३१ चाहिन्छ जुन नयाँ गठबन्धनसँग छ । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेसँग २२, माओवादी केन्द्रसँग आठ र राप्रपासँग दुई सदस्य छन् । एक सदस्य रहेको एकीकृत समाजवादीको समेत समर्थन लिन सके गठबन्धन दल...
सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने
राजनिती र एंन, समाचार

सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

का‌ठमाडौं । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नुपरेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेष गरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बार...
राजनिती र एंन

प्रधानमन्त्री दाहालद्वारा सिंहदरबारमा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेरमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको हो ।  सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री दाहालले आजै साँझ  पदभार गर्नुभएको हो । ...
तत्काल सरकारमा सहभागी नहुने एकीकृत समाजवादीको निर्णय
राजनिती र एंन, समाचार

तत्काल सरकारमा सहभागी नहुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । ‘तत्काल सरकारमा जाँदैनौं प्रतिपक्षमै बस्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले कान्तिपुर टीभीसँग भने, ‘वार्ता र छलफललाई पनि अघि बढाइरहन्छौं ।’ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने समझदारी भएसँगै एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको हो । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि माओवादी अध्यक्ष दाहाल एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका थिए । बालकोटमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवा...
राष्ट्रपति र सभामुखमा एमालेका पोखरेल र नेम्वाङको चर्चा
राजनिती र एंन, समाचार

राष्ट्रपति र सभामुखमा एमालेका पोखरेल र नेम्वाङको चर्चा

काठमाडौँ । निर्वाचनपछिको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएपछि ‘पावर सेयरिङ’मा एमाललेले राष्ट्रपति र सभामुख राख्ने सहमति आजको बालकोट बैठकले गरेको स्रोतले बताएको छ । निर्वाचनपछिको दोस्रो ठूलो दल एमालेले पार्टीका नेता ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने चर्चासमेत चलेको छ । त्यस्तै, सभामुखमा यसअघि दुईओटा संविधान सभामा सभामुखको भूमिका निर्वाह गरेका अनुभवी नेता तथा कानुनका ज्ञाता सुवास नेम्वाङलाई अघि सार्न लागेको स्रोतले बताएको छ । राष्ट्रपति पूरा कार्यकाल एमालेकै हुने र प्रधानमन्त्री र सभामुखमा भने आलो लाेपालाे हुने सहमति बनेकाे बताइएकाे छ । ...
तेस्रो दलका नेता प्रचण्ड १६६ मतसहित प्रधानमन्त्री
राजनिती र एंन, समाचार

तेस्रो दलका नेता प्रचण्ड १६६ मतसहित प्रधानमन्त्री

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओलीको सरकारी निवास बालकोटमा भएको एमाले, माओवादी सहितका दलहरूको बैठकले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउने सहमति गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासहितका दलको १६६ मतसहित प्रधानमन्त्री बनाउ सहमति जुटेको छ । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै नयाँ समीकरणका दल राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गर्न शीतल निवास हिँडेका छन् । ...