Thursday, April 30


Blog

उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव
राजनिती र एंन, समाचार

उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव

काठमाडौँ। जनआन्दोलन २०४६ पछिका निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्ट पार्टीले आफ्नो प्रभाव बढाए पनि आम निर्वाचन २०७९ को अन्तिम मत परिणामले कमजोर देखाएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७४ को निर्वाचनमा कुनै न कुनै कम्युनिस्ट पार्टीले निर्वाचनमा बलियो प्रभाव देखाए पनि यो निर्वाचनमा कुनै पनि कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकामा प्रभाव देखाउन सकेनन् ।  २०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नेकपा (एमाले) स्थानविहीन बने पनि माओवादी केन्द्र पहिलो दल बन्यो । २०७० सालमा एमालेले आफूलाई सुधा-यो । २०६४ सालको संविधान सभा निर्वाचनमा पहिलो दल बनेको नेकपा (माओवादी केन्द्र) २०७० मा आइपुग्दा उपत्यकामा आफ्नो अस्तित्व जोगाउन सकेन । पहिलो संविधान सभा निर्वाचनमा देशभर प्रत्यक्षमै १२० स्थान जितेको माओवादीले उपत्यकाका १५ क्षेत्रमध्ये सात क्षेत्रमा विजयी हासिल गरेको थियो । ...
विश्वविद्यालय पदाधिकारीविहीन
समाचार

विश्वविद्यालय पदाधिकारीविहीन

काठमाडौँ । उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन्। पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन्। लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन। नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ। उपकुलपति डा. शिलु मानन्धर (वज्राचार्य) यसअघि व्यवस्थापन तथा कानुन सङ्कायको डिन हुनुहुन्थ्यो। डिनको हैसियतमा उहाँको कार्यकाल अघिल्लो वर्षको भदौमै सकिएको थियो। उहाँ गत माघमा उपकुलपतिमा नियुक्त हुनुभएको थियो। डा. मानन्धर नियुक्त हुनुअघि उपकुलपति पद नौ महिनादेखि रिक्त थियो। गत पुसमा गोविन्दसिंह विष्ट रजिष्ट्...
धनगढीमा निषेधाज्ञा
समाज

धनगढीमा निषेधाज्ञा

धनगढी । ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार हसनपुरको पीपलचौतारामा सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा १४ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको ज्यान गएपछि सो विद्यालयका विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै दिनभर धनगढीमा प्रदर्शन गरेका छन् । विद्यार्थीको ज्यान गएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर जनधनक...
विकल्प खोज्दा नयाँ अनुहार: जनमुखी काम कार्यान्वयनमा चुनौती
राजनिती र एंन, समाचार

विकल्प खोज्दा नयाँ अनुहार: जनमुखी काम कार्यान्वयनमा चुनौती

काठमाडौं। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न निर्वाचन क्षेत्रमा पुराना एवम् अनुभवी उम्मेदवारलाई पाखा लगाउँदै नयाँ अनुहार मतदाताको रोजाइमा पर्न सफल भए । निर्वाचनमा प्राप्त फरक खाले नतिजाको विभिन्न कोणबाट विश्लेषण भएको छ । विकल्प खोज्नु सकारात्मक – बराल राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बराल यसरी नयाँ अनुहार जितेर आउनुका पछाडि मतदाताले विकल्प खोजेको बताउनुहुन्छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सबैले बुझिसके र भनी पनि रहेका छन् । मुख्य पार्टीसँगको निराशा, आक्रोश त्यसको परिणाम त्यो हो । मान्छेले विकल्प खोज्छ नि त”, नेतृत्वमा पुरानै व्यक्ति पटक–पटक जाने र यथास्थितिमा देश सञ्चालन भइरहेको भान आम मतदातामा भएको उहाँको भनाइ छ । यही व्यवस्थाभित्र विकल्प खोज्नु स...
मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिने
विकास, समाचार, समाज

मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिने

काठमाडौँ। काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ । आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो । यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । ...
पाँचमध्ये चार पूर्वप्रधानमन्त्री चुनावमा विजयी
Test2, राजनिती र एंन, समाचार

पाँचमध्ये चार पूर्वप्रधानमन्त्री चुनावमा विजयी

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितको लागि सङ्घर्ष गर्दै हुनुहुन्छ । डडेल्धुरा –१ बाट देउवा निर्वाचित २०४८ सालपछि लगातार चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभयाे । देउवा १२ हजार ४९२ को फराकिलो मतान्तरले विजयी हुनुभएको हो । उहाँले २५ हजार ५३४ मत ल्याउदा प्रतिद्वन्द्वी स्वतन्त्र उठेका सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । उहाँ डडेल्धुराबाट लगातार चुनाव जितेर ५ पटकसम्म प्रधानमन्त्री बन्नुभयो । उहाँ २०५२, २०५८, २०६१, २०७४ र २०७८ साल गरेर पाँच पटक प्रधानमन्त्री बन्नुभएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा...
कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व
राजनिती र एंन, समाचार

कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व

सुर्खेत। कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहनुभएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का छक्कबहादुर लामालाई हराउनुभएको हो । उहाँ यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट रहनुभएको छ । एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित हुनुभएको छ । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ...
कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
राजनिती र एंन, समाचार

कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

कर्णाली। कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित हुनुभएको हो । उहाँले हुम्ला प्रदेश(१) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । उहाँले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट उहाँले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् । नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् । साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को (२)मा मनकली रामजाली, क्षेत्र नं २ को (१)मा बिजुकला राना र दैलेख क्षेत्र न...
१५८ स्थानको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ कति जिते ?
राजनिती र एंन, समाचार

१५८ स्थानको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ कति जिते ?

काठमाडौं।१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५८स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। हेर्नुहोस् कसले कहाँ जिते? नेपाली कांग्रेस (१) मुस्ताङ – योगेश शेरचन (२) मनाङ – टेकबहादुर गुरुङ (३) काठमाडौं १ – प्रकाशम...
मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक
राजनिती र एंन, समाचार

मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा एमाले उम्मेदवार अगाडि छन् । वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा...