Tuesday, March 3


Blog

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सहमति आवश्यक : महासचिव गुरुङ
राजनिती र एंन, समाचार

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सहमति आवश्यक : महासचिव गुरुङ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताउनुभएको छ। सञ्चार डबलीद्वारा शुक्रबार आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताउनुभयो। उहाँले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटीलगायत जिल्लाको स...
इन्धनको मूल्य घट्यो: कति घट्यो, कहिलेदेखि लागू हुन्छ ?
समाज

इन्धनको मूल्य घट्यो: कति घट्यो, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ । ...
कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?
घुमफिर, समाचार, समाज

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

ध्रुवसागर शर्मा गलेश्वर । म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्योपिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।मलाई त्यो देखि हृदयबिच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।। आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ । मानव बस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभाव लगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ । “गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो । “गौँथली आजभोलि न दलिनमा...
सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन
समाचार, समाज, स्वास्थ र वातावरण

सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । मङ्सिर २९ गते सात सय ३० जनाको परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको थियो । त्यो सङ्क्रमण दर भनेको ०.५५ प्रतिशत हो । खोप सात हजार नौ सय नौ जनाले लगाएका छन् । उहाँका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता...
राष्ट्रपतिबाट नयाँ सरकार गठन आह्वानको तयारी
राजनिती र एंन, समाचार

राष्ट्रपतिबाट नयाँ सरकार गठन आह्वानको तयारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नु भएकाे छ । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाले जानकारी दिनुभयो । शनिबार बिदा रहेकाले त्यसलगत्तै कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्ने उहाँले बताउनुभयो । प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु¥याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका...
देशले खोजेको छ, सरकारी कोष व्यवस्थापनमा आमूल परिवर्तन
विकास, समाचार, समाज

देशले खोजेको छ, सरकारी कोष व्यवस्थापनमा आमूल परिवर्तन

काठमाडौं । पन्ध्रौँ योजनाले सुशासन, विकास र समृद्धिलाई दीर्घकालीन सोचको मार्गचित्रका रूपमा लिएको छ। तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने; सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने; आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवं दिगो सहर/बस्ती विकास गर्ने; उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने; पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने; गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने; प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने र सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता संवर्द्धन गर्ने जस्ता दीर्घकालीन राष्ट्रिय रणनीतिका साथ पन्ध्रौँ योजनाले राज्यको आर्थिक सामाजिक क्षेत्रलाई समेटेर शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, रेल, प्रतिव्यक्ति आय जस्ता शीर्षकहरूमा महत्त्वाकाङ्क्षी लक्ष्यहरू लिएको पाइन्छ...
पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’
राजनिती र एंन, समाचार

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’

काठमाडौं । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा हुनसक्छ। नयाँ निर्वाचित सांसदहरूले संसद् भवन प्रदेश गर्न कम्तीमा पुस महिनासम्म पर्खनुपर्ने हुनसक्छ। निर्वाचन आयोगका अधिकारीहरूका अनुसार पुस महिनायता नयाँ प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बन्ने अवस्था छैन। “समानुपातिकतर्फको अन्तिम परिणाम आएपछि प्रतिवेदन तयार गर्न थप १० दिन लाग्न सक्छ,” निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने। उनका अनुसार समानुपातिक तर्फको मतगणना सक्न अझै “एक दुई-दिन” लाग्न सक्छ। किन ढिलो हुनसक्छ?देशभरिका १६५ निर्वाचन क्षेत्रबाट चुनिने उम्मेदवारहरू लगभग निश्चित भइसकेका छन्। तर यसरी चुनिएका सांसदहरू प्रतिनिधिसभाको ६० प्रतिशत सदस्य मात्रै हुन्। बाँकी ४० प्रतिशत सां...
देशभर १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित, को-को पुगे संसद ?
राजनिती र एंन, समाचार

देशभर १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित, को-को पुगे संसद ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । देशभरबाट प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १२ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् । यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् । यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हु...
प्रदेशसभातर्फ कांग्रेस १११ स्थानसहित पहिलो, कुनले कति जिते ?
राजनिती र एंन, समाचार

प्रदेशसभातर्फ कांग्रेस १११ स्थानसहित पहिलो, कुनले कति जिते ?

काठमाडाैं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक ...
एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?
राजनिती र एंन, समाचार

एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा नेकपा एमाले दोस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । एमाले १- प्रेमबहादुर महर्जन (ललितपुर-२)२- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)३- डम्बरबहादुर रायमाझी (उदयपुर-...