Wednesday, April 29


Author: Deepak Ghimire

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने
राजनिती र एंन, समाचार, समाज

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने

मकवानपुर । बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ । काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले राससलाई जानकारी दिनुभयो । ...
पर्सामा भेटियो १५ हजार थान नक्कली मतपत्र
समाचार

पर्सामा भेटियो १५ हजार थान नक्कली मतपत्र

१५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए। भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्। भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए। उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। ‘के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘निर्णय भइसकेको छैन।’ पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्। यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। ...
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
समाचार

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं। ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ । आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो । ...
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
समाचार

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

३० कात्तिक, काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १(० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । पछिल्लो समय नेपालका गोल स्कोररको रुपमा देखा पर्दै आएका अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् । नेपाली समर्थकले खचाखच भरिएको रंगशलामा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् । ३८ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्ने अवसर पाएपनि स...